Logo
Logo

अदालतको फैसला लगत्तै प्रचण्ड-माधव समूह आकस्मिक छलफलमा


दृष्टि संवाददाता

5.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो । सर्वोच्चको फैसलासँगै वर्तमान सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्