Logo
Logo

सर्वोच्चको फैसला मान्छौं : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मानेर अघि बढ्ने बताएका छन् । आइतबार सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

संसद भवनमा केहीबेर बसेर बाहिरिने क्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै ओलीले अदालतले जे फैसला गरेको छ त्यसलाई मान्ने बताए ।ओलीले भने, ‘हामीले हिजो पनि सर्वोच्च अदालतको फैसला मानेका हौं र अब पनि जे फैसला आएको छ त्यसलाई मान्छौं ।’

अब एमाले र माओवादी केन्द्र नै ब्युतिने हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने, ‘अदालतको फैसलाको पाठ पढ्न बाँकी छ, अरु कुरा पढेपछि।’

अदालतले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा फर्काइदिएको छ । ओली प्रसन्न मुद्रामा संसदमा छिरेका थिए । ओली पक्षले अदालतको फैसलालाई आफ्नो जितको रूपमा लिएको छ । ओलीपक्षीय सांसद महेश बस्नेतले फेसबुकमा संसदभित्र आफू बसेको फोटो राख्दै एमालेको सांसदको रूपमा संसदमा प्रवेश भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्