काठमाडाैं । प्रधानमन्त्री एवं नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा सदीय दलको बैठक बोलाइएको र सबै सांसदलाई बैठकमा उपस्थित हुन निम्तो गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, एमाले र माओवादी छुट्टाछुट्टै दलको अस्तित्व रहने फैसला सुनाएको थियो । त्यसलगत्तै ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका हुन्।
ओलीले बोलाएको बैठकमा जाने वा नजाने भन्नेबारे पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसद अलमलमा देखिएका छन् ।












