Logo
Logo

११ लाख घुससहित काठमाडौंमा महिला हवल्दार पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २३ फागुन ।
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत हवल्दार तारा कुमारी श्रेष्ठ ११ लाख घुससहित पक्राउ परेकी छिन् । भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी उनले घुस लिएकी थिइन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठले सो रकम चाबहिलको ओल्ड टाउन क्याफे एण्ड पबका सञ्चालक अनिस जोशीलाई राख्न दिएकी थिइन् । दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । यसमा अन्य प्रहरीमाथि समेत आयोगले छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्