Logo
Logo

सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड-माधव समूहको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि प्रचण्ड–माधव पक्षको बैठक बोलाइएको छ । विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने, सर्वोच्च अदालतको एउटा इजलासले हाम्रो पार्टी नेकपाबारे गरेको फैसला सम्बन्धमा रहेको स्थायी कमिटी बैठक बोलाइएको छ ।’

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाइ दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ। साविककै एमाले र माओवादी केन्द्र ब्युतिने फैसला अदालतको छ।

प्रतिक्रिया दिनुहोस्