Logo
Logo

नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’मा १८ फिल्म


दृष्टि संवाददाता


काठमाडौं । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) का लागि नेपाली र अफ्रिकन फिल्म चयन भएका छन् ।
महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार विश्वव्यापी कोरोना सँक्रमणका कारण यो वर्ष बिगतको भन्दा केही ढिला महोत्सब आयोजना हुन लागेको हो । यो महोत्सब यसपटक आगामी नयाँ वर्षको अबसर पारेर बैशाख १० देखि १२ गतेसम्म काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा आयोजना गरिने भएको छ ।
नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आफुहरुले आयोजना गर्दै आएको पनि उनले जानकारी गराएकी छिन् । गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सब कोभिड १९ कै कारण बैशाखमा आयोजना गर्न लागिएको पनि डा. मिश्रले जानकारी गराईन् ।
नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र रहेको महोत्सब आयोजक डा. मिश्रले जानकारी गराएकी छिन् ।
नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् ।
नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।
महोत्सबका बाँकी चलचित्रहरु अफ्रिकी मुलुकबाट चयन भएका हुन् । जसमा जिम्वावेबाट गुड म्यान,थन्डिज् डायरी, इजिप्टबाट बबल्स्,
ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।
तीन दिनको यो महोत्सबमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सब, अफ्रिकी पहिरन प्रदर्शन,नेपाली र अफ्रिकी साँस्कृतिक झाँकीका साथै नेपाली र अफ्रिकी चलचित्रबारे एक दिवसीय कार्यशाला पनि आयोजना गरिने महोत्सब निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्