Logo
Logo

मोरङमा नेकपा हटाएर एमालेको बोर्ड राखियो


दृष्टि संवाददाता


मोरङ । माेरङमा पुन:स्थापित नेकपा एमालेले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको छ ।

सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् । बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ।

यसअघि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि ओली समूहले गतिविधि बढेको उक्त कार्यालयमा अदालतको फैसलाको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्