Logo
Logo

प्रचण्ड–नेपाल पक्षको नेकपा स्थायी कमिटी बैठक जारी


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछिको परिस्थितिबारे छलफल हुने नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । तत्कालका लागि अदालतको फैसलाको विषयमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल हुने नेता पाण्डेले जानकारी दिए ।

यसअघि प्रचण्ड–नेपाल समूहको नेकपाले अदालतको फैसलाको विषयमा कानुनविद्हरुसँग छलफल गरेको थियो । छलफलबाट समूहले अदालतको फैसलालाई पुनरावलोकन गर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नाम आफ्नो भन्दै दिएको रिटमा कट्टेलको पक्षमै फैसला गरिदिएको छ भने तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपालाई बदर गरिदिएको ।

सर्वोच्चको फैसलाले नेपालको राजनीतिलाई पछि फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटी बैठक बोलाएको हो । नेकपाले सर्वोच्चको फैसला अपेक्षा भन्दा फरक आएको बताएको छ । उसले नेकपा नाम विवादमा माग गरिएको भन्दा बढी सर्वोच्चको फैसला आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्