Logo
Logo

सर्वोच्चको फैसला निवेदकको माग भन्दा बढी भयो : रामनारायण विडारी


दृष्टि संवाददाता


काठमाडौँ । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा बढि फैसला दिएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रियसभा सदस्य बिडारीले देश बिग्रनुको धेरै कारणभन्दा एउटा कारण अदालतले ठीक समयमा ठीक निर्णय नगर्नु पनि रहेको बताए ।

उनले अदालतको फैसला सुधार र सच्याउने तरिका भनेको पूनरावलोकनमा जानु नै रहेको तर्क गरे ।

उनले सर्वोच्चको हिजोको फैसला कार्यान्वयन गर्न सजिलो उपाय रहेको भन्दै अहिलेपनि केन्द्रीय कमिटी जिउँदो रहेको र सम्झौता पनि जिउँदो रहेकोेले त्यही अनुसार अघि जान सकिने बताए ।

त्यस्तै बरिष्ठ अधिवक्ता संविधानविद् डा. सुरेन्द्र भण्डारीले सर्वोच्चको फैसलामा नेताहरु पूनरावलोकनमा जाने सम्भावना आफूले नदेखेको बताए । उनले सर्वोच्चको आदेशमाथि रिभ्युमा जानको लागि प्राविधिक समस्या रहेको र रिभ्युमा गैहाले पनि स्टेअर्डर दिने सम्भावना कम देखेको बताए ।

अर्का अधिवक्ता महेश नेपालले अदालतले मागेको भन्दा बढि फैसला दियो भन्नुभन्दापनि अदालतको फैसला मान्ने कि नमान्ने भन्ने कुरा मुख्य भएको सुनाउँदै सबैले फैसला मान्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्