Logo
Logo

पेरिसडाँडामा बैठक जारी, निस्किने नेताको संख्या पनि उत्तिकै


दृष्टि संवाददाता


काठमाडौँं । प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक जारी रहँदा बैठकबाट नेताहरू निस्किने क्रम पनि बढ्दै गएको छ ।

पेरिसडाँडामा बैठक जारी रहँदा नेताहरू निस्किने क्रम पनि सुरु भएको हो । चार बजेबाट सुरु भएको बैठक नसकिँदै स्थायी समति सदस्य निस्किरहेका हुन् ।

हालसम्म बैठकबाट योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल लगायतका नेता निस्किएका छन् ।

बैठकबाट बाहिरिँदै गर्दा नेताहरूले एकतालाई जोगाउन नेतृत्व पुनः अग्रसर हुनुपर्ने सुझाव दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्