Logo
Logo

सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति छ : नारायणकाजी


दृष्टि संवाददाता


काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति रहेको जनाएका छन् ।

सोमबार बसेको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले फैसलाप्रति असहमति जनाएपनि त्यसलाई स्वीकारेर जाने बता ए।

उनले फैसला रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक निर्णय भएको टिप्पणी गरे। श्रेष्ठले फैसलाको कानुनी उपचार पनि खोजिने बताए। ‘पार्टी एकताको उद्देश्य सही थियो भनेर समीक्षा गरेका छौं। वामपन्थी एकताको पहललाई अझै जारी राख्नेछौं’, श्रेष्ठले भने ।

आगामी दिनमा कम्युनिष्ट पार्टी वा बामपन्थि एकताको प्रयास अघि बढाउने उनको भनाइ छ । ‘हामीले जे उद्देश्य राखेर एकता गरेका थियौं, त्यो सही थियो भन्ने समिक्षा भएको छ,’ श्रेष्ठले भने, ‘अब पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्रमा ल्याउने पहललाई जारी राख्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्