Logo
Logo

एमाले र माओवादीलाई पत्राचार गर्दै निर्वाचन आयोग


दृष्टि संवाददाता


काठमाडौँ । सर्वोच्च अदालतले ‘नेकपा’ नाम विवादमा फैसला गर्दै ऋषि कट्टेलकै नाममा नेकपा रहेको पुष्टि गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग–अलग पार्टी भएको उल्लेख गरेसँगै निर्वाचन आयोगले एमाले र माओवादीलाई पत्राचार गर्ने भएको छ ।

आइतबार नै अदालतबाट पत्र प्राप्त गरेको आयोगले मंगलबार आवश्यक प्रक्रिया अगाडि बढाउने भएको हो ।

आयोगले २०७३ जेठ ३ गते एकीकरणपछि एक भएको नेकपाका दुवै पक्ष सर्वोच्चले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण नै खारेज गरेपछि यी दुवै दल र आयोगमा अरुकै नाममा दर्ता भएका नेकपा एमाले र माओवादी केन्द्रलाई मंगलबार पत्राचार गर्ने तयारी समेत गरेको छ ।

आयोगका प्रमुख निर्वचान आयुक्त दिनेशकुमार थपलियाले अदालतको आदेशपछि छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

नाम विवादसँगै पुरानै पार्टी ब्युँताउनुपर्ने र त्यही नाममा रहेका पार्टीलाई बोलाएर अरु नाम दिनुपर्ने मात्र नभई नेकपा एकीकरण भएपछि निर्वाचित भएका ४६ जना जनप्रतिनिधि लगायतको विषय टुंगोमा पु¥याउन थप सकस हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्