Logo
Logo

प्रचण्डजीसँग पार्टी अलग भएपनि अनौपचारिक छलफल भइराख्छ : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । माधवकुमार नेपालले प्रचण्ड–माधव समूह माओवादी केन्द्र र एमालेम फर्किए पनि बाम एकताको प्रयास जारी रहने बताएका छन् ।

प्रचण्ड–माधव स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’

सर्वोच्च अदालतलको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उनले बताए । निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्