Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमाले माओवादी छुट्टिने निर्णयदेखि निर्वाचन आयोगले दलहरूलाई पत्राचार गर्नेसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकद्वारा अलग अलग पार्टी भएर अघि बढ्ने निर्णय, दुवै समूह साविककै पार्टी फर्कने, माधव समूह पार्टीभित्रै संघर्ष गरेर अघि बढ्ने, माओवादी केन्द्रले भने पार्टी एकीकरणमा जोड दिने ।

२. रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहेको अदालतबाट पुनःस्थापित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको टिप्पणी, फैसलाविरुद्ध कानूनी उपचार खोज्ने दावी, केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने थप बाध्यात्मक अवस्था आएको तर्क ।

३. नेकपा ऋषि कट्टेललाई जिम्मा लगाउने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोग बाँकी कामका लागि अग्रसर, सर्वोच्चको फैसलापछि आयोगले मंगलबार आवश्यक प्रक्रिया अगाडि बढाउने, २०७३ जेठ ३ गते एकीकरणपछि एक भएको नेकपाका दुवै पक्ष सर्वोच्चले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण नै खारेज गरेपछि दुवै दल र आयोगमा अरुकै नाममा दर्ता भएका नेकपा एमाले र माओवादी केन्द्रलाई मंगलबार पत्राचार गर्ने ।

४. आइतबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट, संसद नभएको बेलामा सरकारले अध्यादेश ल्याउन सक्ने प्रावधान सम्झन दलहरूलाई आग्रह, एसिड आक्रमण गर्नेलाई कडा कानून लागु गर्न ल्याइएको अध्यादेशमाथि कांग्रेसले गरेको विरोधप्रति प्रधानमन्त्री ओली अचम्मित ।

५. पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिँदा मुलुक अस्थिरता तर्फ धकेलिएको नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको टिप्पणी, गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क, क्यान्टोनमेन्टको रकमबारे प्रचण्डलाई प्रश्नै प्रश्न ।

६. सोमबार १ सय ११ औंँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो, महिला हिंसा गर्नेविरुद्ध कडा कानून आवश्यकता औंल्याइयो, संविधान संशोधन गरेर भए पनि महिला हिंसा, एसिड आक्रमण गर्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनुपर्नेक कानून ल्याउनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको टिप्पणी, महिला हिंसा रोक्न सरकारले ऐनलाई बलियो बनाइरहेको सरकारको भनाइ ।

७. उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमबारदेखि निरन्तर हिमपात, बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भन्दै किसानमा खुसियाली, अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात भने अवरुद्ध, कोरोनाविरुद्धको खोप अभियान पनि हिमपातका कारण प्रभावित ।

८. ज्योति लाइफ इन्सुरेन्सको आइपीओ भर्नेको संख्या बढेको बढ्यै, १३ लाख ७६ हजार ७ सय ६१ जनाले २ करोड ९८ लाख ७७ हजार ५ सय ४० कित्ताका लागि आवेदन, नेपाल उद्योग परिसंघद्वारा स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धनका लागि मेक इन नेपाल अभियान सुरु, प्रधानमन्त्री केपीशर्मा ओलीले अभियान शुभारम्भ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा नपरेकोमा प्रधानमन्त्रीको असन्तुष्टी,

९. शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको पहिलो हार, मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित, रानीपोखरी कर्नर टिम आरसिटी पुलचोकसँग दुईका विरुद्ध एक गोल अन्तरले पराजित, मेयर कप एकदिशीय पुरुष क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीद्वारा काठमाडौं मेयर–११ लाई ५ विकेटले पराजित ।

१०.र, पूर्व राजकुमार दम्पत्ति ह्यारी र मेगनद्वारा राजपरिवारमाथि गम्भीर आरोप, रङकै कारण छोराबाट राजकीय पदवी खोसिएको भनाइ, अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा परी १० जना तालिबान लडाकुको मृत्यु, यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आठ आप्रवासीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्