Logo
Logo

धुम्बाराही कार्यालयमा एमालेको नाम सहितको बोर्ड राखिँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र व्यूँतिएपछि आ–आफ्नो पार्टी कार्यालयहरु सञ्चालनमा आउने भएको छ । एमालेले धुम्बाराहीको आफ्नो पार्टी कार्यालय पूर्ववत् अवस्थामै सञ्चालनमा ल्याउने भएको छ भने माओवादी केन्द्रले पनि पेरिसडाँडालाई कार्यालयका रुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

आज एमालेले धुम्बाराहीस्थित कार्यालयको नाम र साइनबोर्ड फेर्ने भएको छ । कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजै पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारी गरेको हो ।

यस्तै विभिन्न जिल्लाहरुमा पनि एमालेको बोर्ड राख्न सुरु भइसकेको छ । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो।

तर ऋषि कट्टेल आफ्नो पार्टीको नाम जुधाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको फैसला गर्दै सर्वोच्चले नेकपा बदर गरेर दुबैलाई पूर्ववत् अवस्थामा फर्काइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्