Logo
Logo

एनसीसी–प्रिमियर इन्स्योरेन्सबीच बीमा सहकार्यसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवासुविधा प्राप्त गर्न सक्ने एनसीसी बैंकका प्रवक्ता बन्दना पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्