Logo
Logo

कामना सेवा–प्रभु लाइफसँग बैंकासुरेन्स सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्ससम्बन्धी सेवा आदान प्रदान गर्ने गरी गत बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका थिए ।
काठमाडौँ–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ शाखा तथा १७ एटिएममार्फत गा्रहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्