Logo
Logo

पोखराको पावरहाउस चोकमा एनआईसी एशियाको शाखा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । पोखरा महानगरपालिका–२९ पावरहाउस चोकस्थित पावरहाउस चोकमा एनआइसी एशिया बैंक लिमिटेडको नयाँ शाखा सुरु भएको छ । बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले फागुन ८ गते एक समारोहका बीच उद्घाटन गरेका छन् ।

बैंकप्रति जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु २१७ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब रू १७३ अर्ब तथा कर्जा रु १४८ अर्ब पु¥याउने निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये एनआइसी एसिशया नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म बैंकमा ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ र बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्