हिमालयन बैंकद्वारा दुर्घटना मृत्यु बीमावापतको रकम हस्तान्तरण « Drishti News – Nepalese News Portal
Logo

हिमालयन बैंकद्वारा दुर्घटना मृत्यु बीमावापतको रकम हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


कावासोती । हिमालयन बैंक लिमिटेड कावासोती शाखाले सवारी दुर्घटनामा परी निधन भएका बैंकका खातावाला ग्राहक स्व रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको ‘दुर्घटना मृत्यु बीमा’ वापत प्राप्त भएको रु पाँच लाख हस्तान्तरण गरेको छ । बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु पाँच लाखसम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा गरिदिएको हुन्छ ।

बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमावापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधि यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेका छन् । मृतककी श्रीमती गीताले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्