कामना सेवाकोे ६७ औं शाखा हरिवनमा « Drishti News – Nepalese News Portal
Logo

कामना सेवाकोे ६७ औं शाखा हरिवनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका–११, हरिवनमा फागुन १३ गते आफ्नो ६७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भइरहेको बताए ।

काठमाडौं–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ शाखा तथा २० एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्