Logo
Logo

‘सुर्यको पहिलो किरणसँगै’ सार्वजनिक (भिडियो)


दृष्टि संवाददाता


 

काठमाडौं । समदर्शी सञ्चार प्रालिले ‘सुर्यको पहिलो किरणसँगै’ सार्वजनिक गरेको छ ।
मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण सँगै’ को म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।
देशराज नेम्बाङको निर्देशन, सुरज लिम्बुको सह–निर्देशनमा रहेको सो म्युजिक भिडियोमा सुरज लिम्बु र सुुमीजंग रानाको मुख्य भुमिका रहेको छ । अतिथि कलाकारको रुपमा रोशन शंकर अभिनय हेर्न सकिनेछ ।
म्यूजिक भिडियोको आफुले मनैदेखि मन पराएको व्यक्तिलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको छ । कलेज लाईफमा केटाको सौंख लेखक बन्ने हुन्छ । केटी रोमान्टिक हुन्छे । केटाको कुरा केटीले खासे गहिरो रुपमा लिएको हुँदिनन् । जब केटा केटीको नजिक हुन खोज्छ । आफ्नो मनको कुरा व्यक्त गर्न खोज्छ तर केटीले अर्कै संसार रोजी सकेको हुन्छे । यसरी मनभित्रको माया एउटा सम्झनाको रुपमा सिमित हुन्छ ।
चुलाचली इलाममा रहेको झण्डी डाँडालगायत झापा दमकको सेरोफेरोमा छायाँकन गरिएको सो भिडियो अरुण राई, सन्देश राई र अन्जान गीरीको छायाँकनमा बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्