Logo
Logo

पाकिस्तान क्षेत्रमा भारतीय वायुसेनाले बम खसाल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फागुन । भारत र पाकिस्तानबीच विवाद चुलिरहेकै बेला भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ । गएका राति भारतीय वायुसेनाको विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर पाकिस्तानी सेनामा घुसपैठ गर्न खोजेको बताएको थियो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गर्दै भारतीय सेनाको विमान घुसपैठ गरको जनाएका छन् । उनले लेखेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ ग¥यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारबाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’
भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । यस विषयमा भारतले केही बोलेको छैन ।

विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने वायुसेनालाई बधाई दिएका छन् । उनले ट्विीट गरेका छन्, ‘म भारतीय वायुसेनाका पाइलटहरुलाई सलाम गछुृ ।’
भारत प्रशासित काश्मिरको पलुवामामा १४ फेब्रुअरीमा आतंकवादी समूहको आक्रमणबाट ४२ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । जसले दुई देशबीचको सम्वन्धमा तनावपूर्ण बन्दै गएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्