Logo
Logo

भित्र नाटक, बाहिर तस्बिर (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमााडौं, १५ फागुन । अनामनगरस्थित मण्डला थिएटर अहिले नाटकमय बनेको छ । जहाँ भित्री हलमा नाटक र बाहिर तस्बिरहरुको मज्जा लिन सकिन्छ । तस्बिरमा विभिन्न समयमा मञ्चन भएका नाटक र तिनका पात्रहरुका सजिव लाग्ने तस्बिरहरु पनि हेर्न पाइन्छ ।

सोमबारदेखि जारी ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव’मा फोटो पत्रकार नविन गुरुङले विभिन्न समयमा खिचेका थिएटर तस्बिरहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा हालसम्म काठमाडौँमा भएका नाटक र चर्चित कलाकारहरुको तस्बिर समेटिएका छन् । जसमा सुनिल पोख्रेलदेखि दयाहाङ राई र सिर्जना सुब्बा, नजिर हुसेन देखि बिजय बरालसम्मका कलाकारको करिब एक सयभन्दा बढी तस्बिरहरु रहेका छन् ।


आफ्नो तरिबर प्रदर्शनीबारे फोटो पत्रकार गुरुङले भने, ‘यहाँ प्रदर्शनीमा राखिएका तस्बिरहरु सबै नाटकसँग सम्बन्धीत छन् । त्यसैले नाट्य महोत्सवकै अवसरमा प्रदर्शनीमा राखेको हुँ ।’ महोत्सवमा नाटक हेर्न दैनिक सयौँ कलाकार र सर्वसाधारण भिड लाग्दै आएको छ । उक्त भीडले प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गरेर छुट्टै आनन्द लिने गरेका छन् ।
साताव्यापी यस नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव राजधानीका विभिन्न चार वटा थिएटरमा चलिरहेको छ । यो महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । महोत्सव अझै चार दिन चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्