Logo
Logo

भारत–पाकिस्तान दुवै देशले उडानहरु रद्द गरे, हाई अर्लटमा बस्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । भारत र पाकिस्तानबीच विवाद चरम उत्कर्षमा पुगेको छ । बुधबार बिहान दुई भारतीय युद्ध विमान दुर्घटना भएको छ । तर, पाकिस्तानले ती भारतीय विमान आफूले खसालेको जनाएको छ । ती भारतीय सैनिक युद्ध विमानमध्ये एउटा भारत प्रशासित कश्मिरमा र अर्को पाकिस्तान अधिनस्थ एरियामा खसेको थियो । उक्त दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको जनाएको छ । अर्का एक पाइलट भने पाकिस्तानले पक्राउ गरेको जनाएको छ ।
पाकिस्तानले भारतीय सेना आफ्ना सीमामा घुसेकाले ती विमानलाई खसालेको दावी गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले ट्वीट गर्दै यस्तो दाबी गरेका हुन् । मंगलबार भारतीय युद्ध विमानले एलओसी उग्लघंन गर्दै बम बालाकोटमा खसालेपछि तनाव उत्कर्षमा पुगेको हो । भारतीय विमान दुर्घटनासँगै पाकिस्तानले भारतलाई सस्पेन्स पाकिस्तानी मिडियाहरुले बताइरहेका छन् ।
दुई देश हाई अर्लमा
पाकिस्तानले सबै आफ्ना उडानहरु रद्द गरेको छ । बोर्डर आसपासका एयरपोर्टहरु उसले अलर्टमा बस्न निर्देश्न दिएको छ । पाकिस्तानले लाहौर, मुल्तान, फैसलाबाद, सियालकोट र इस्लामाबाद एयरपोर्टका उडानहरु सबै रद्द गरेको छ ।
त्यस्तै, बोर्डरका सबै अस्पताल क्लिनहरुलाई पनि अर्लटमा बस्न निर्देशन दिएको छ । उसले सबै अस्पतालमा मेडिकल सेवाका लागि सबै स्टाफ रहनु भनेको छ ।
यस्तै, भारतले उत्तर भारतका सबै एयरपोर्ट अलर्टमा बस्न निर्देशन दिएका छन् । जम्मू, श्रीनगर, लेह, अमृतसर, पठानकोट, चण्डिगढ, देहरादून र धर्मशाला एयरपोर्टकाबाट सबै उडान रद्द गरिएको भारतीय मिडियाले जनाएका छन् । ती सबै एयरपार्टहरुलाई हाई अलर्ट बस्न निर्देशन दिँदै पाइलटहरुलाई भनेको दुई मिनेटमै उडान गर्न सक्ने गरी बस्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्