Logo
Logo

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना : ५ को शव भेटियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको दुर्घटनामा परेको हेलिकोप्टरबाट ५ जनाको शव निकालिएको छ । सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन । हेलिकप्टरमा ७ जना सवार थिए ।
घटनास्थलमा रहेका स्थानीय होटल व्यवसायी घनश्यामा पौडेलका अनुसार ५ वटा शव निकालिएको छ भने अहिले त्यहाँ उद्धार कार्य जारी रहेको छ ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यलयका स्वकीय सचिव युवराज दाहाल, मन्त्री अधकिारी अंगरक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ, इन्जिनियर विरेन्द्र दास सवार थिए ।
पाइलट प्रभाकर केसीले उडाएको हेलिकोप्टर बुधबार ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको थियो । ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकै लिमखिम र फुरुङबुबीचका तारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्