Logo
Logo

हेलिकोप्टर दुर्घटनामा सवार मन्त्री अधिकारीसहित सातै जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको होलिकोप्टरमा आज बुधबार दुर्घटना हुँदा सवार सातै जनाको मृत्यु भएको । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सात जनाकै निधन भएको हो ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरी तेह्रथुमको चुवान डाँडामा चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको थियो । पाइलट प्रभाकर केसीले उडाएको हेलिकोप्टर बुधबार पाथीभरा मन्दिर नजिकै लिमखिम र फुरुङबुबीचको तारेभीरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पीएसओ
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
प्रभाकर केसी : हेलिकप्टर क्याप्टेन

प्रतिक्रिया दिनुहोस्