Logo
Logo

इन्भेष्टमेन्ट बैंकको बबई एक्स्टेन्सन काउण्टर शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखाअन्र्तगत रहेको बैंकले जनाएको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङजस्ता बैंकिङ कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने भएको छ ।

सुर्खेत कोहलपुुर सडकखण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहुचर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ ।
यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पूर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबईलगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ ।
इन्भेष्टमेन्ट बैंकले ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्