Logo
Logo

कोरोना जोखिम : बेप्रवाह बसन्तपुरमा होली


दृष्टि संवाददाता


काठमाडौं । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको अवज्ञा गर्दै आइतबार युवाहरु होली खेल्न सडकमा निस्किएका छन् । कोरोनाभाइरस (कोभिड–१९)को जोखिम बढ्ने सम्भवनालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले भीडभाड नगरी होली खेल्न आग्रह गरेको थियो ।


पछिल्लो समय छिमेकी मुलुकमा भारतमा कोरोना संक्रमण बढ.दै गएपछि सरकारले शर्तकता अपनाउन आग्रह गर्दै आएको छ । नेपालमा समेत केही दिनयता संक्रमित बढ्न थालेका छन् । रंगहरुको पर्व होलीमा भीडभाड तथा सार्वजनिक स्थानमा होली नखेल्न गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । बसन्तपुरमा हरेक वर्ष समूहमा भेला भएर होली मनाउने चलन छ ।


तर, यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको थियो । सरकारको आग्रहलाई बेवास्ता गर्दै युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दल्ने र खुशियाली मनाएका छन् ।
सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो । तर, विस्तारै मानिसको भीड जम्मा हुँदै गएपछि प्रहरीलाई समेत रोक्न कठिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्