Logo
Logo

३६ हजार फिट उचाइमा एल्बम विमोचन : गीतकार प्रधानले राखे विश्व रेर्कड


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ गीतकार हरिगोपाल प्रधानले हवाइ जहाजभित्र आफ्नो सांगीतिक एल्बल ‘यो मुटुमा सधैँभरि’ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
काठमाडौंदेखि नयाँदिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाईमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एल्बमको विमोचन गरेका थिए ।
उक्त एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै कार्यालय, हरितगृहमा आयोजिम एक कार्यक्रमबीच विमोचन गरेका छन् । सो समारोहमा उपराष्ट्रपति पुनले गीतकार प्रधानलाई विश्व रेर्कडको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
शहरी विकास राज्यमन्त्री मानन्धर, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, चर्चित ¥यापर निर्णय श्रेष्ठले गीतकार प्रधानलाई सम्मान गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार÷मोडल प्रदीपराज वन्त र मोडल कृजना डंगोल, सिनोमाटोग्राफर÷सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्या लक्ष्मी ख्डगीको सहभागिता थियो ।
‘संसारमा कसैले नगरेको कार्य गरि विश्व रेकर्ड बनाउने काम आफैँमा गा¥हो काम हो’ भन्दै उपराष्ट्रपतिले गीतकार प्रधानलाई बधाई दिए । मन्त्री मानन्धरले उक्त कार्यले देश चिनाउने काममा टेवा पुगेको भन्दै प्रधानको प्रशंसा गरे ।
यस्तै, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष कट्वालले गीतकार प्रधानको अथक मिहिनेत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै शुभकामना दिए ।
एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर÷प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर÷प्रोडक्सन पद्यमसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ, मेघना महर्जन, निलम तामाङ, नेहा महर्जन, शृँंगार हिमा पुन मगर, मनु थापा मगर, रेखा बलामी, प्रोडक्सन मेनेजर निकेश सुवेदीलगायतको क्रियाशिलता रहेको छ । यस एल्बमलाई शब्दयात्रा प्रकाशनले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्