Logo
Logo

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौं ल्याइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ । अपराह्न १२ः१० बजे ताप्लेजुङको सुकेटारबाट उडेको शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।
बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्