Logo
Logo

काठमाडौंमा एउटा यस्तो रन-वे फेसन शो ! (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । गएको शनिबार ठमेलस्थित ‘फरेन्हाईट क्लब’मा एउटा यस्तो फेसन शो भयो । सधैं रातपरेपछि तात्ने उक्त नाइट क्लव उक्त दिन मोडलहरुको प्रस्तुतीले झनै तातियो । फेसन शोको नाम थियो, ‘निमम फेसन रन–वे’ ।


निलम पौडेलको सक्रियतामा क्रमश इन्टरटेनमेन्टले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न २३ जना मोडलले र्याम्प नापेका थिए । उनीहरुको पहिरन र प्रस्तुति हट एण्ड बोल्ड थियो ।


निलम मोडलका साथै मेकअप आर्टिस्ट पनि हुन् । ट्रान्सजेन्डर अर्थात् तेस्रो लिंगी निलमका अनुसार उक्त फेसन शो राति ९ बजेदेखि १२ बजेसम्म चलेको थियो । त्यसपश्च्यात उक्त क्लबमै कार्यक्रमको सफलताको पार्टी आयोजना गरिएको थियो । फेसन शोमा तेस्रो लिंगीहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको थियो । तर, सबै वर्गका मोडल र्याम्पमा प्रस्तुत भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्