Logo
Logo

ओलीले कारबाही गरेपछि घनश्याम भुषालले मागे माफी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको हुर्मत लिएर गल्ती गरेको भन्दै आम जनतासँग माफी मागेका छन् ।


नेता भुषालले समाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेका छन्, ‘उनले (ओली) हाम्रो पार्टीको गौरवको चिरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

नेता भुषालले केपी ओलीमा सत्ताभोगको असीमित तृष्णा भएको समेत आरोप लगाएका छन् । ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’बाहेक केही नदेख्ने बनाएको छ’ नेता भुषालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैँले कबुल गरेको जीवनदर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन्, या शत्रु ।’

बिहीबार नेताद्वय सुरेन्द्र पाण्डे र भुषाललाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ । त्यसपछि नेता भुषालको यस्तो धारणा आएको हो । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पाण्डे र भुषाललाई निलम्बन एमाले ओली पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्