Logo
Logo
वायुप्रदूषण

‘स्वाथ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रर्दशन


दृष्टि संवाददाता


काठमाडौं । वायुप्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौंलगायत देशका विभिन्न भागमा उनीहरुहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।


देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनको प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको छ ।
देशका विभिन्न भागमा लागेको डढेलोका साथै प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास आएको छ । केही दिनअघि काठमाडौँ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्