Logo
Logo

मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिने, अन्त्येष्टि रामघाटमा हुने


- दृष्टि न्युज/संवाददाता



प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्दाञ्जिली व्यक्त गरी राष्ट्रिय झण्डा ओढाउदै ।

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएकासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
काठमाडौँबाट शुक्रबार आज मध्याह्न दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए ।
मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्