Logo
Logo

ओली सरकारले जनता हाँस्‍ने गरी पूर्वाधारमा ध्यान दिएको छ : गोकुल बाँस्कोटा


दृष्टि संवाददाता


काठमाडौं । पूर्वमन्त्री सांसद गोकुल बाँस्कोटाले केपी शर्मा ओली नेतृत्वको सरकारले एक क्षेत्रमा मात्रै नभई बहुआयामिक विकास अजेण्डामा कार्य गरेको दाबी गरेको छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका सांसद बाँस्कोटाले भने, ‘जनता हाँस्‍नेगरी पूर्वाधारमा सरकारले ध्यान दिएको छ ।’ उनले सरकारले गरेका विकास देख्‍न नसक्नेलाई कानमा रुई र आँखामा साउने चश्मा लगाउन सुझाव पनि दिए ।

‘रेलमार्ग बन्दै नबनेको हो र ? बाजुराको टुप्पोमा अहिले नै रेल जान्छ कसैले भनेको छैन’, उनले भने, ‘किसुनजीले देखेको सपना ३० वर्षपछि आउँदा हामी सबै खुसी हुने, त्यसलाई पूरा गर्ने केपी ओली । र, ३० वर्षै लागोस् न त रेल आउन।’ यसलाई पनि विकास नदेख्‍ने हो भने राजनीतिक दलको विकास र राजनीतिको अजेण्डा के हो ?’

सरकार कामचलाउ नभएको उनले दाबी गरे । माओवादी केन्द्रप्रति संकेत गर्दै उनले किन फिर्ता नलिएको भन्दै प्रश्न गरे। माओवादी केन्द्रलाई उनले भने,‘समर्थन आफू गर्ने, फिर्ता गर्न नसक्ने। अजेण्डा प्रस्तुत गर्न नसक्ने। अनि कामचलाउ भन्‍ने ?’

 

प्रतिक्रिया दिनुहोस्