Logo
Logo

संसदमै प्रधानमन्त्री ओलीको राजीनामा माग


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

सत्ता टिकाउन प्रधानमन्त्री ओली जे-जस्तो कूकर्म गर्न पनि तयार भएकाे उनले बताइन् । प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापनापछि संसद्लाई बिजनेसविहीन बनाएको आरोप लगाइन् ।

‘प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना भएको र अहिले उनी सत्ता टिकाउन जे पनि गर्न लागिपरेकाले म संसद्‍मार्फत प्रधानमन्त्रीको राजीनामा माग्छु,’ सांसद संग्राैलाले भनिन्, ‘भ्रष्टाचार र सरकार एक अर्काका परिपूरक हुन्। जनताप्रति अनुत्तरदायी सरकार चाँडोभन्दा चाँडो बहिर्गमन आजको आवश्यकता हो।’

प्रतिक्रिया दिनुहोस्