Logo
Logo

भीम रावलको नेतृत्वमा सुदूरपश्चिम प्रदेश कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बसिरहेको छ। भीम रावलले नेतृत्वमा बैठक प्रदेश पार्टी कार्यलयमा जारी छ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगायत उपस्थित छन्।

ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरू आक्रोशित छन्। कारबाहीमा परेपछि भीम रावलले धनगढीमा पहिलो पटक बैठक आह्वान गरेका हुन्।

प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि सहभागी रहेको बताइएको छ। एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक आह्वान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्