Logo
Logo

भारतले दार्चुलामा मिचेकाे नेपाली भूमिकाे दुवै देशले अध्ययन गर्ने


दृष्टि संवाददाता


काठमाडौं। दार्चुलाको सदरमुकाम खलंगामा भारतले बनाएको एकतर्फी तटबन्धको विषयमा नेपाल र भारतका अधिकारीले अध्ययन गर्ने भएका छन् ।

दार्चुलाको क्षेत्रमा भारतले महाकाली नदीको धार परिवर्तन हुने र नेपालको भूमिमा क्षति पुग्ने गरी निर्माण गरिरहेको तटबन्ध पर्खालबारे दुवै देशले अध्ययन गर्ने भएको हो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन हुने बताएका हुन् ।

मन्त्री ज्ञवालीले भने, ’भारतले बनाउँदै गरेको सुरक्षा वालको बारेमा सदनमा प्रश्न उठेको छ । त्यो वाल निर्माण गर्दै जाँदा दुई देशको सीमा छोएर, मिचेर वाल बनाइएको छ भन्ने विषय आइसकेपछि सरकारले गम्भीर रूपमा छलफल गरेको छ । सरकारले नापी अधिकृतको नेतृत्वमा सेना, प्रहरी, जिल्ला प्रशासन दार्चुलाका प्रतिनिधिले स्थलगत अध्ययन गरेको थियो । त्यो अध्ययनबाट भारतबाट निर्माण भएको वालको विषगयमा वास्तविकता पत्ता लगाउन र अन्तर्राष्ट्रिय सीमाको कदर गरेको छ कि छैन भन्ने तथ्य पत्ता लगाउन स्थलगत अध्ययन गर्नुपर्ने सुझाव दिएको थियो ।’

चैत् ३० मा दुवै देशका अधिकारी उक्त स्थलमा जाने मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्