Logo
Logo

समानान्तर कमिटीमा बस्नेलाई पनि कारवाही गर्ने एमाले सचेतकको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विधि र विधानविपरीत समानान्तर गतिविधि गर्ने, समानान्तर कमिटी गठन गर्नेलाई कारवाही हुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको वैठकवाट बाहिरिँदै गर्दा प्रमुख सचेतक भट्टराईले एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गठन गरिरहेका समानान्तर कमिटीको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

‘यदि कोही व्यक्ति अवैधानिक तरिकाले चल्छ भने पार्टीको कारवाहीको भागीदार हुन्छ’, भट्टराईले भने, ‘विधि र विधानवाट चल्नुपर्ने पार्टीमा यदि गैरकानुनी गतिविधि हुन्छन् भने स्वाभाविक रुपले पार्टीको कारवाहीको विषय बन्छ।’

समानान्तर कमिटी गठन गर्ने कार्य स्वीकार्य नहुने भन्दै उनले यही तरिकाले जाने हो भने कमिटी गठन गर्न उद्दत हुने र कमिटीमा बस्नेहरुलाई पनि कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्