Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसको सुझावदेखि जेठमा कोरोना उच्च विन्दुमा पुग्ने सरकारको अनुमानसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. प्रतिनिधिसभाको बैठकमा सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा आलोचना, केपी शर्मा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने भन्दै विश्वासको मत लिएर देखाउन चुनौती, प्रतिनिधिसभा पुनःस्थापना भएपछि सरकारले प्रतिशोध साँध्न विजनेश नदिएको कांग्रेस सांसदको आरोप, वैकल्पिक सरकारबारे निर्णय गर्ने पालो जसपाको भएको भन्दै चाँडो निष्कर्षमा पुग्न सांसदको जसपालाई सुझाव ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनु नपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ, दुई वर्ष अघि नै विश्वासको मत लिएको सरकारले पुनः मत लिनु नपर्ने तर्क, एमसीसी लगायतका विषय संसदले अघि नबढाएकोमा सरकारको असन्तुष्टी ।

३. एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ समूह समानान्तर कमिटी बनाउनमा ब्यस्त, सुदूरपश्चिमको इन्चार्ज भीम रावललाई नै तोकियो, समानान्तर कमिटी गठन गर्ने र त्यसमा बस्नेमाथि पनि कारबाही अगाडि बढाउने प्रमुख सेचतक विशाल भट्टराईको चेतावनी ।

४. लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय, मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा अधिवेशन अन्त्य गर्ने निर्णय आएको दावी ।

५. जेठ असारमा कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा पुग्न सक्ने सरकारको अनुमान, लकडाउन नगर्ने बरु पीसीआर परीक्षणको दायरा बढाउने तयारी, काठमाडौंमा मास्क नलगाउनेलाई जरिवाना तिराउने गरी प्रहरीले थाल्यो अभियान, काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य, पहिलो चरणको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप वैशाख सात गतेबाट लगाउने सरकारको निर्णय ।

६. देशका पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो, काठमाण्डौको वायु प्रदूषण विश्वकै उच्च, देशका धेरै जङ्गलमा डढेलो लागिरहेकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागद्वारा जानकारी, वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले काम पर्दा बाहेक बाहिर ननिस्कन अनुरोध ।

७. कोरोना भाइरसको जोखिमलाई देखाउँदै बिस्का जात्रा यस वर्ष पनि रोक्ने निर्णय गरेको प्रति भक्तपुरवासी असन्तुष्ट, सरकारले रोक लगाएपनि जात्रा चलाउन भक्तपुर प्रतिबद्ध, स्थानीयसँग परामर्श विना जात्रा रोक्ने निर्णय गरेको भन्दै भक्तपुरवासी आक्रोशित, आवश्यक सतर्कता अपनाएरै भएपनि मध्यपुर थिमिको बिस्का जात्रा मनाउने मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको दावी ।

८. सेयर बजारमा एक अंकको नयाँ रेकर्ड, कारोबार रकम फेरि घटेपछि लगानीकर्ता बाहिरिएको आशंका, रु रु जलविद्युतको आइपीओमा झण्डै ५० गुणा बढी आवेदन, अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङको छानबिन गर्न बोर्डले उप समिति गठन गर्यो, साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश वितरण गर्ने, सिंगटी हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी ।

९. साविक विजेता मनाङ आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिर,विभागिए टिम एपीएफ क्लवको राष्ट्रिय क्लव लिग भलिबल प्रतियोगितामा अपराजित यात्रामा पुर्णविराम, त्रिभुवन आर्मीसँग तीन शुन्यको सोझो सेटमा पराजित, थ्री स्टार क्लबलाई चौंथो संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि ।

१०.र, भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप १ लाख ३ हजार संक्रमित, भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै,संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू,इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो,इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्धको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने ।

प्रतिक्रिया दिनुहोस्