Logo
Logo

प्रहरी ठेक्कामा अर्काे बदमासी


दृष्टि संवाददाता


काठमाडौं । एकै किमिसको अपराधमा नेपाल प्रहरीले एक ठेकदारलाई पक्राउ गरेको छ भने अर्काेलाई भने उन्मुक्ति दिएको छ । डिएमएस बुटको खरिदमा नक्कली रिपोर्ट पेश गर्ने डीएमएस बुट कम्पनीलाई प्रहरीले उन्मुक्ति दिएको हो । सो कम्पनीका मालिक विराट थापाले गुणस्तर परीक्षणको नक्कली रिपोर्ट पेश गरेका थिए ।

थापाले भारतको चेन्नईस्थित एसजीएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट पेस गरेका थिए । जुन रिपोर्ट नक्कली भएको पुष्टि भइसकेको छ । यस्तै अपराध गर्ने क्राउन टेक्सटाइलका मालिक पिताम्बर मुन्कालाई यसरी सिआइबीले पक्राउ गरी ठगी मुद्दा दायर गरेको थियो । मुन्काले कपडाको ठेक्कामा छुट्टै नुमना पठाए र त्यसको रिपोर्ट प्रहरीलाई पठाउन लगाएर झुक्याउने प्रयास गरेका थिए ।

डिएमएस बुटको ठेक्कामा पनि यस्तै प्रयास भएको थियो । तर, थापालाई भने दबाबका भरमा कम्पनीलाई कालोसूचिमा राखेर उन्मुक्ति दिइएको छ । डिएमएस बुटको ठेक्कामा सुरुदेखि नै चलखेल भएको थियो । थापाको कम्पनीलाई दिन स्पेशिफिकेसनका प्रावधान समेत उनलाई सुरुमै जानकारी गराइएको थियो ।

नेपाल प्रहरीका हरेक जस्तो ठेक्कामा विगतमा सेटिङ हुने गर्दथ्यो । आईजिपी शैलेश थापा क्षेत्रीले केही सुधारको प्रयास गरेका थिए । तर, प्रबन्ध निर्देशनालयका डिआइजी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतको भने साँठगाँठ ठेकदारहरुसँग कायमै छ । टोपेन्द्र बिसी, राजमान मिश्र लगायत व्यापारीले वर्षाैदेखि प्रहरीका ठेक्कामा हालिमुहाली जमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्