Logo
Logo

मन्त्री अधिकारीको शवयात्रापछि आजै रामघाटमा अन्त्येष्टि गरिँदै


- दृष्टि न्युज/संवाददाता


पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराको प्रर्दशनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । शुक्रबार राजधानीको टुँलिडखेलमा श्रद्धाञ्जलीपछि अधिकारीको पार्थिव शरीरलाई आजै उनको गृहजिल्ला पोखरा लगिएको हो । अहिले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनेको भीड लागेको छ ।
मन्त्री अधिकारीको शवलाई काठमाडौँबाट नेपाली सेनाको जहाजबाट पोखरा ल्याइएको हो । शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् ।
श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्