Logo
Logo

नेपाल प्रहरीको बढुवा किन रोकियो ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा सबै पदमा बढुवा र पदस्थापन भइसक्यो मात्र नायब निरीक्षक(सइ)बाट इन्सपेक्टर बढुवा बाँकी छ । सबैभन्दा जटिल समस्या यही पदको बढुवामा देखिएको छ ।

इन्सपेक्टरका करिब एक सय पद रिक्त रहेकोमा चार सय भन्दा धेरै प्रतिस्पर्धामा छन् । सइ भएको १५ वर्ष कुर्दा पनि बढुवा नभएकाहरुलाई अहिलेको बढुवामा समेत ढिलाई हुँदा झन् अन्याय भएको छ ।

प्रहरी नियमावली संशोधन गरेर नियमावली संशोधन गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । हाल रिक्तमध्ये ६० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट भर्ना गरेर पदपूर्ति गरिन्छ, ४० प्रतिशतमा बढुवाबाट । यो प्रावधानलाई संशोधन गरी ५०/५० प्रतिशत बनाउन लागिएको छ । त्यस्तै, सशस्त्र प्रहरीमा देखिएको केही विभेदलाई पनि हटाउन लागिएको छ । अर्थ र कानून मन्त्रालयबाट यससम्बन्धी सहमति आएपछि मन्त्रिपरिषद्मा लगेर नियमावली संशोधन गर्नुपर्ने हुन्छ । जुन प्रक्रियाका कारण अहिले इन्सपेक्टर बढुवा समेत रोकिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले जुनियर प्रहरीका समस्याबारे अध्ययन थालेको छ । असइ र सइका समस्या समाधान गरे पुलिसिङमा ठुलो सुधार आउने उद्देश्यसहित यस्तो अध्ययन थालिएको छ । यसअघि सिपाही र हवल्दारका समस्या अध्ययन गरी केही समस्या समाधान गरिएको थियो ।

उता सशस्त्र प्रहरीमा समेत बिना कारण बढुवा रोकिएको छ । एसपी र डिएसपीका पद रिक्त भएपनि प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चासो दिएका छैनन् । सशस्त्र प्रहरीमा सिनियर पदमा बढुवा प्रणाली अस्तव्यस्त बनीसकेको छ । इन्सपेक्टरबाट डिएसपी हुन १५ वर्ष लाग्ने गरेको छ । तर, पद रिक्त हुँदा समेत महानिरीक्षकले नै बढुवा प्रक्रिया रोकेपछि झन् नैराश्यता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्