Logo
Logo

सुन तस्करलाई फेरि उन्मुक्ति ?


दृष्टि संवाददाता


३८ सय केजी सुन तस्करी प्रकरणका नाइकेलाई सरकारले नै उन्मुक्ति दिएको छ । अन्य तस्करहरु पनि सेटिङमा उम्कने गरेका छन् । दुई महिनाअघि पक्राउ परेका केही व्यक्तिमाथि ठूलो गिरोह पत्ता लाग्ने सम्भावना देखिएपछि अनुसन्धानमा भएको चलखेलका आधारमा गिरोहका दर्जनौं व्यक्ति जोगिएका छन् ।

गत १८ चैतमा सम्पत्ति शुद्धीकरण विभागले सुन तस्करीसम्बन्धि पहिलो मुद्दा दायर ग¥यो । अंकित कुमार अग्रवाल, सचिन कुमार अग्रवाल र भारतीय नागरिक नुरद्धीन अन्सारीविरुद्ध मुद्दा दायर भएको थियो ।

गत २० पुसमा नागढुंगामा बरामद भएको एक करोड ४६ लाख रुपैयाँमाथि अनुसन्धान गर्ने क्रममा उनीहरु ठूलो परिणाममा नेपालबाट भारतमा सुन तस्करीमा संलग्न रहेको देखियो । तर, त्यसमा को को संलग्न थिए कसरी तस्करी हुन्थ्यो भन्ने खुलाउन सकिएको छैन ।

स्रोतका अनुसार विभागले निष्पक्ष छानबिन गरेको अवस्थामा काठमाडौंका केही सुन पसले समेत तानिने सम्भावना थियो । अर्काे रमाइलो के छ भने एक करोड ४६ लाख बरामद भएकोमा विभागले दुई करोड ९२ लाखको बिगो दाबी गरिएको छ । बैंक खातामा भेटिएको ९५ लाख थपेर बिगो कायम गरिएको छ । उनीहरुको अन्य करोडौं सम्पत्ति र कारोबार खोजिएको छैन । जबकि, सुन तस्करीकै धन्दाबाट त्यसरी उनीहरुले करोडौं कमाएका थिए ।

विभागको यस्तो कमजोर अनुसन्धानले देशमा यस्ता अपराध मौलाउँदै गएका छन् । कालो धनको अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरु आफैं कालोधन जम्मा गर्नतर्फ सक्रिय देखिएका छन् । भन्सारलगायत कार्यालयमा अकूत कमाएमा गजेन्द्रकुमार ठाकुरलाई सरकारले विभागको महानिर्देशक बनाएपछि अनुसन्धानमा हुने चलखेल बढेको पछिल्ला घटनाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्