Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमाले प्रवेश गरेका माओवादी मन्त्रीलाई कारवाहीदेखि माधव नेपाल समूहद्वारा समानान्तर कमिटी गठनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. एमाले प्रवेश गरेका सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारवाही, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट हटाएको सूचना संसद सचिवालयमा दर्ता, राष्ट्रिय सभाका प्रमुख सचेतक काठमाडौं बाहिर रहेकाले केही दिन पछि मात्रै बादललाई सांसद पदबाट हटाएको सूचना दर्ता गरिने माओवादी केन्द्रको भनाइ, माओवादी दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ ख का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ ख का दिनेश पन्थीको पद लुम्बिनी प्रदेश सभाको बैठकबाट रिक्त भएको घोषणा ।

२. कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले दिए सामूहिक राजीनामा, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र पेश, राजीनामासँगै कर्णाली प्रदेश अल्पमतमा, राजीनामा नदिने मुख्यमन्त्रीको अडान ।

३. जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको प्रचण्डको आरोप, प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनको निर्णय जनताको बलमा रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको दावी, माओवादी हुँदै एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’प्रति प्रचण्डको असन्तुष्टी, गृहमन्त्री बनाएर गल्ती गरेको भन्दै आत्मालोचना, कर्णाली प्रदेश सरकार अपदस्त गर्ने कोसिस भइरहेको भन्दै फेरि सरकार कब्जा गर्ने अवस्थामा आइपुग्ने प्रचण्डको दावी ।

४. सत्तारुढ नेकपा (एमाले)को विवाद बढ्दै, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिसँग असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन प्रक्रियालाई तीव्रता दिँदै, मंगलबार वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर कमिटी घोषणा, निर्वाचन आयोगले ओलीलाई बैधानिकता दिए पनि नआत्तिन नेपालको कार्यकर्तालाई आग्रह, ओली भन्दा आफू बलियो भएको दावी ।

५. चीनबाट अनुदानमा ल्याइएको कोभिड–१९ विरुद्धको सिनोफार्म खोप बुधबारदेखि लगाउन थालिने, १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय, २३ खोप केन्द्र तोकियो ।

६. वातावरण प्रदुषणले काठमाडौंमा सीमा नाघ्दै, उपत्यकाबाहिरका विभिन्न जिल्लामा पनि प्रदुषणको अवस्था भयावह, वायु स्थिर हुँदा प्रदूषणको मात्रा बढेको वातावरणविदको भनाइ, अझै केही दिन प्रदुषण नघट्ने अनुमान, आगलागी नियन्त्रणका लागि हवाइजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन, दुई दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ।

७. राष्ट्रिय मानव अधिकार आयोगमा गरिएको नियुक्तिमाथि प्रश्न उठाएर पत्र लेखेको संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर)लाई सरकारको जवाफ, नेपालको संवैधानिक व्यवस्था अनुसार नियुक्त गरिएकोले अवैधानिक वा अपारदर्शी भन्न नमिल्ने तर्क, ह्युमन राइट्स् वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले अध्यादेश ल्याएर सरकारले संवैधानिक आयोगमा आफूअनुकूल पदाधिकारी नियुक्ति गरेको विषयमा सरकारद्वारा आपत्ति प्रकट, कोरम नपुगेकाले अध्यादेश ल्याइएको जवाफ पठाइयो ।

८. अल टाइम हाई रेकर्डमा नेप्से सूचकको ह्याट्रिक, २७ सय विन्दु चुम्ने लयमा, जलविद्युत समूहले उचालेपछि सेयर बजारमा २ हजार ६ सय ७४ बिन्दुको नयाँ रेकर्ड, साढे सात अर्बको किनबेच, रु रु जलविद्युतको आइपीओमा करिब ६२ गुणा आवेदन, ९८ प्रतिशतले शेयर नपाउने, ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबारमा आउने, विकास बैंकर्स संघको अध्यक्षमा प्रद्युमन पोखरेल चयन, सचिवमा महालक्ष्मीका देवकोटा सर्वसम्मत ।

९. नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड , क्षेत्रीय विजेता भएपनि अब नेपालसँगै अर्जेन्टिना, नामिविया, भानुआटु र इटली आइसीसीको ग्लोबल अवार्डका लागि छनोट , छानिएकाबाट आइसीसीले अप्रिल २० मा चार जना विजेताको नाम सार्वजनिक गर्ने, एएफसी कपको प्रारम्भिक छनौट खेल अगाडी आर्मीका चार खेलाडीमा कोरोना,पाँच पटकको च्याम्पियन थ्रीस्टार आहा रारा गोल्डकपको पहिलो खेलबाट बाहिर ।

१०.र, भारतमा थप ९६ हजार ५५७ जनामा संक्रमण, दिल्लीमा रात्रिकालीन कफ्र्यु, बलिउड कलाकारलाई धमाधम संक्रमण पुष्टि हुँदै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने घोषणा, पुटिनले ६ वर्ष कार्यकाल लम्ब्याए, नयाँ व्यवस्था अनुसार २०३६ सम्म सत्ता चलाउने. जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप, प्रतिबन्ध बढाएसँगै टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा ।

प्रतिक्रिया दिनुहोस्