Logo
Logo

देशैभर पत्रकारको चुनाव, १३ हजार १ सय ८० मतदाता


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार देशैभरि मतदान भएको छ । महासंघको केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बुधबार मतदान भएको हो ।
मतदानका लागि देशभरका १३ हजार १ सय ८० पत्रकारहरुको नामावली प्रकाशन गरिएको हो । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो ।
अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धी छन् ।
आगामी तीन वर्षे कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा केन्द्रका नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमाले निकट प्रेस चौतारीको नेपाल खनाल पक्ष लगायतले पोखरेलको अध्यक्षतामा गठबन्धन बनाएका छन् ।
त्यसैगरी ओलीनिकट प्रेस चौतारीले तर्फबाट शर्माको नेतृत्वमा प्यानल बनाएको छ । केन्द्रको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएको हो ।
पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो ।

 

प्रतिक्रिया दिनुहोस्