Logo
Logo

अझै ‘नेकपा’ बनाएको भन्दै सांसद अधिकारीको आपत्ति


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूलाई अझै नेकपा बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले २३ फागुनको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘अझै पनि संसदीय समितिमा नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व गर्नु परेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । उनले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्