सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ क्रान्तिले ओलीलाई महंगो पर्ने चेतावनी दिएका छन् ।
सुर्खेतमा बिहीबार आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै अब हुने विद्रोहले ओलीलाई महंगो पर्ने दावी गरे ।
उनले आफू नयाँ किसिमको विद्रोहका लागि दस्ताबेज बनाउन लागिपरेको समेत बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको दाहालको तर्क थियो ।