Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सत्ता समीकरणका लागि कसरतदेखि चार मन्त्रीको पद खारेजीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको बैठक आह्वान, गत शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेसँगै देउवाद्वारा बैठक आह्वान, बैठक शुक्रबार अपराह्न तीन बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने, अपारदर्शी गठबन्धनमा कांग्रेस सहभागी नहुने कांग्रेस नेता एनपी साउदको तर्क ।

२. माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद गुम्यो, प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाद्वारा उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, सहरी विकास मन्त्री प्रभु साह र ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सांसद नभएको पत्र वाचन, पद रिक्त भएको सूचना निर्वाचन आयोगमा पुगेपछि ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने संबैधानिक व्यवस्था ।

३. देशमा पुनः एक पटक विद्रोहको आवश्यकता देखापरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्वकमल दाहाल प्रचण्डको दावी, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप, परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने प्रचण्डको चेतावनी, प्रतिक्रियावादीहरूले हेप्न र उपलब्धि खोस्न खोजेको भन्दै अन्ति श्वाससम्म लड्ने दृढता ।

४. कोरोना भाइरसको महामारी फैलिए पुनः देश ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चेतावनी, जोखिम न्यूनिकरणका लागि सरकारले अघि सारेको स्वास्थ्य मापदण्डको उचित पालना गर्न आग्रह, अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको ओलीको दावी,े पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएपनि उठनै नसक्ने गरी भने असर नपरेको भनाइ ।

५. सरकारले प्रतिनिधिसभालाई कुनै पनि बिजनेश नदिएको भन्दै प्रतिपक्ष दलका सांसदद्वारा सरकारको आलोचना, विचाराधिन विधेयक अगाडी बढाउन रोकिएको भन्दै सत्तापक्ष सांसदले जनाए आपत्ति, भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने कांग्रेस सांसदको माग, सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको कांग्रेस सांसद गगन थापाको आरोप ।

६. गृह–मन्त्रालयद्वारा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन, २६ जना सह–सचिव र उप–सचिवको पनि सरुवा, अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा, सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा ।

७. माओवादी केन्द्रद्वारा वागमती प्रदेश सभा बैठक अवरुद्ध, मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको कामकारवाहीका सन्दर्भमा दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै माओवादी केन्द्रद्वारा बैठक अवरुद्ध, प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन, माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोको प्रदेश सांसद पद खारेज गरेको पत्र सभामुखले पढेर सुनाएपछि नियमापत्ति जनाउँदै कांग्रेस र माओवादी केन्द्रद्वारा बैठकमा अवरोध ।

८. सेयर बजार तीन दिनदेखि एउटै बिन्दुमा घुमेको घुम्यै, कारोबार रकम खस्कियो, साताको कारोवारको अन्तिम दिन नेप्से परिसूचक २ दशमलव ७४ अंकले उकालो लाग्यो, सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार ११ बजे बाँडफाँट हुने, साढे १२ लाखभन्दा बढीले शेयर नपाउने, सार्वजनिक विदाको दिन पनि राजस्व काउन्टर खोल्न नेपाल राष्ट्र बैंकको निर्देशन, बीमा समितिद्वारा बीमामा कडाई, एकल बीमालेख तीन वर्ष सम्म त्याग्न र बीमालेख धितोमा ऋण नपाउने ।

९. पुलिसलाई हराउँदै अफ्रिकन रुट्स आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि संकटासँग खेल्ने, पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि न्यू डायमण्डलाई, एपीएफ अपराजित रहँदै मेयर कपको फाइनलमा, विभागीय टिम एपीएफ क्लव ललितपुर मेयर कप टी २० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा, उपाधिका लागि शनिवार सुदूरपश्चिम प्रदेशसँग खेल्ने ।

१०.र, भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख २६ हजार संक्रमित, भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज, ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख ४० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २९ जनाको मृत्यु, अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या ।

प्रतिक्रिया दिनुहोस्