Logo
Logo

नाइजेरियामा ३२ जनाको हत्या


- दृष्टि न्युज/संवाददाता


नाइजेरिया, १८ फागुन (एएफपी) । आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा ‘भिजलान्ते’हरु रहेका छन् ।
मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए । ‘आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौँ,’ स्थानीय सुकाइमान शुअ‍ैबुले भने ।
नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केहीदिनपछि अर्को आक्रमणको घटना भएको हो ।
ठूलो संख्यामा आएका उनीहरुले स्थानीय समयानुसार ३.३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । ‘घटनामा परी ३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्’ एक अधिकारीले भने । जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्विकार गरे ।

प्रतिक्रिया दिनुहोस्